पोखरा– कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगीका प्रतिवादीहरुको बयान आज पनि जारी रहेको छ । न्यायाधीश नीतिज राईको इजलासमा गत सोमबारदेखि प्रतिवादीहरुको बयान सुरु भए पनि गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक तथा पूर्व डीआईजी छविलाल जोशीको मात्र बयान सकिएको छ ।
मंगलबार छविको बयान सकिएपछि लिला पछाईको बयान सुरु भएकोमा आज पनि जारी रहेको छ । हिजो सार्वजनिक बिदा भएकाले बयान हुन सकेको थिएन । पछाईपछि कसको बयान हुन्छ भन्ने निश्चित नभएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
गत आइतबार सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, पूर्व डीआईजी जोशीसहित ४४ जनालाई सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो । सरकारी वकिल कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी


COMMENT
.