ढोरपाटन (बागलुङ),। शुक्रबार साँझदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको कालीगण्डकी कोरिडोरमा यातायात सञ्चालनमा आएको छ । बागलुङ नगरपालिका–१२ कालाखोलामा सडकमाथिबाट पहिरो खस्दा शुक्रबार साँझ ७ बजेदेखि पूर्णरुपमा अवरुद्ध करिडोर आज विहान १० बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिएका थिए ।
कोरिडोर अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको यातायात बिच्छेद भएको थियो । सडक सञ्चालनमा आएपछि मुस्ताङ जाने पर्यटक गाडी र बागलुङदेखि बुटवल, भैरहवा र सुनौलीलगायतका स्थानमा जाने सवारी साधान पनि गन्तव्यतर्फ लगेको प्रहरी निरीक्षक थापाले बताएका थिए । उनले भने, “रातिनै सडक खुलाउने प्रयास गरेका थियौँ, तर भारी वर्षा भइरहेको र पहिरो पनि खसिरहेको हुँदा खुलाउन सकएन, आज विहानैदेखि मेसिन लगाएर सडक खुलेको छ, सडक खुलेपछि अलपत्र सवारी र यात्रु गन्तव्यतर्फ लागेका छन् ।” रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी


COMMENT
.