काठमाडौं, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामती कर्मचारीको प्रशिक्षणलाई सङ्ख्यात्मक मात्र नभई गुणस्तरीय बनाउन निर्देशन दिएका थिए ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको परिषद बैठकलाई आज सम्बोधन गर्दै मन्त्री न्यौपानेले प्रशिक्षणलाई प्रविधिमैत्री र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिएका थिए । प्रशिक्षणमा सेल्फ लर्निङ, इलर्निङ र एआइलाई जोड दिनुपर्ने उनले बताएका थिए । निजामती कर्मचारीलाई प्रशिक्षणसँगै स्थलगत रुपमा अध्ययन गर्ने वातावरण बनाउनुपर्ने मन्त्री न्यौपानेले बताएका थिए ।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, लोकसेवा आयोगका उपाध्यक्ष, त्रिभुवन विश्वविद्यालयका उपकुलपती, नेपाल सरकारका मुख्य सचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव, अर्थमन्त्रालयका सचिवलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो । उक्त बैठकमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको पञ्चवर्षीय रणनीतिक योजना ९२०७९/८०–२०८३/८४० को तेस्रो वार्षिक प्रगति समिक्षा, प्रतिष्ठानको आव २०८१/८२ को वार्षिक प्रगति समिक्षा तथा प्रतिष्ठानको आव २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा छलफल भएको थियो । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी


COMMENT
.