काठमाडौं । हाइटेक भिजनले महिला दिदीबहिनीहरूको महान चाड तीजलाई लक्षित गर्दै पहिलो तीज गीत सार्वजनिक गरेको छ। ‘तिज आयो तिज’ शीर्षकमा सार्वजनिक गरिएको यो गीतले सांगीतिक क्षेत्रका चर्चित नामहरूलाई एकसाथ ल्याएको छ। गीतमा लोकप्रिय गायिका कोमल ओली र चर्चित गायक अमरदीप विसीको दमदार स्वर समावेश गरिएको छ। शब्द पनि अमरदीप विसीले लेखेका हुन् भने संगीत संयोजन विमल छिनालले गरेका छन्। सांगीतिक हिसाबले गीतमा परम्परा र आधुनिकतालाई सन्तुलनमा राखेर बनाइएको देखिन्छ।
भिडियोतर्फ हेर्ने हो भने, यसमा कोमल ओली, गीता ढुङ्गाना, किरण सेलवाल, गोविन्द थापा, दिव्यानी ओली र राधिका नेपालको आकर्षक अभिनय देख्न सकिन्छ। उनीहरूको अभिनय, नृत्य र प्रस्तुतिले गीतलाई अझै प्रभावशाली बनाएको छ। यो गीतले तीज पर्वमा महिलाको उत्साह, उमङ्ग र सांस्कृतिक पक्षलाई उजागर गर्ने प्रयास गरेको छ। गीतको छायांकन, सम्पादन र निर्देशन पनि सशक्त ढंगले प्रस्तुत गरिएको छ, जसले हाइटेक भिजनको सृजनात्मक क्षमतालाई उजागर गर्छ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी


COMMENT
.