काठमाडौं– गृहमन्त्री रमेश लेखकले कांग्रेस र नेकपा एमालेको कार्यदल बनाएर संविधान संशोधनको छलफलको प्रक्रियालाई प्रारम्भ गर्ने बताएका छन् ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको नवौँ राष्ट्रिय महाधिवेशन तथा ४२ औँ वार्षिक साधारण सभामा बोल्दै गृहमन्त्री लेखकले सरकारले संविधान संशोधन गर्न आवश्यक गृहकार्य अघि बढाइसकेको समेत दाबी गरे । उनले छिटै दुई दलीय कार्यदल बनाएर छलफल सुरु गर्ने बताउँदै संविधान संशोधनका लागि राष्ट्रिय सहमति बनाउने समेत तर्क सुनाए ।
संविधानको समीक्षाका साथै विषयवस्तुको पहिचान गरेर संशोधनको प्रक्रिया अघि बढाइने उनको भनाइ छ । गृहमन्त्री लेखकले संविधान संशोधनका लागि भने केही समय लाग्ने जनकारी गराए । उनले समावेशितालाई कमजोर गर्न नभई थप सुदृढ बनाउनका लागि संविधान संशोधन गरिने प्रतिबद्धता व्यक्त गरे ।
लेखकले संविधानको भावना अनुसारको कानुन बन्न नसकेकाले दलित समुदायको अधिकार प्रत्याभूत हुन नसकेको उल्लेख गर्दै दलित समुदायको अधिकार स्थापित गर्नका लागि थप कानुन निर्माण गर्ने उनको भनाइ छ ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी


COMMENT
.