इटहरी । जल तथा मौसम विज्ञान विभागले सुनसरी र मोरङ जिल्लाभित्र पर्ने सेउती, बूढी र खेसलिया खोलाका आसपास तथा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
आज विहान सूचना जारी गर्दै विभागले वर्षामापन केन्द्रहरूबाट प्राप्त तथ्याङ्कमा तीव्र वर्षा र निरन्तर मौसम प्रणाली सक्रिय रहेकाले बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो । विशेषगरी आज दिउँसोसम्म ती खोलामा पानीको बहाव बढ्दै जाने भएकाले खतराको सम्भावना बढेको विभागले जनाएको छ ।
यसैबीच, इटहरी उपमहानगरपालिका–३, २, ६ र ७ का केही स्थानमा बाढी पसेको छ । स्थानीय निकायले बाढीप्रति सतर्क रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । विभागले खोलाका किनारामा बसोबास गर्ने तथा तटीय क्षेत्रमा जानुपर्ने सर्वसाधारणलाई आवश्यक सतर्कता र सुरक्षाका उपाय अपनाउन पनि अनुरोध गरेको छ । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
समाचार
आयोगले भन्योः आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ पाइयो
१४ फागुन २०८२, बिहिवार
राजनीति
पूर्वराजाको सन्देशलाई राप्रपाको समर्थन, निर्वाचनपूर्व नै नविन समझदारीको आह्वान
७ फागुन २०८२, बिहिवार


COMMENT
.