काठमाडौं– सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेसहित चार जनालाई बयानका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।
सहकारी ठगीमा प्रकरणमा मुद्दा दायर भएका लामिछाने, पूर्व डीआईजी एवं गोर्खा मिडिया नेटवर्ककका तत्कालीन सञ्चालक छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाललाई अदालतमा उपस्थित गराइएको हो । कृष्णबहादुर गुरुङ भने अस्वस्थ भएकाले अस्पताल लगिएको बताइएको छ ।
बयानको पहिलो दिन सोमबार न्यायाधीश नीतिज राईको इजलासमा जोशीको मात्र बयान लिइएको थियो । हिजो उनको बयान नसकिएकाले अहिले उनको बयान जारी रहेको छ । जोशीको बयान सकिएपछि आज रास्वपा सभापति लामिछानेको बयान हुनेछ ।
सबै प्रतिवादीहरूको बयान सकिएपछि थुनचेकको बहस र आदेश हुनेछ ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार
समाचार
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
२२ चैत २०८२, आइतवार
समाचार
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी
१८ चैत २०८२, बुधवार


COMMENT
.