कञ्चनपुर, ११ असारः कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले कोटा निर्धारण गरी स्थानीय तहलाई रासायनिक मलको बिक्री वितरण सुरु गरेको छ । प्रदेश मल वितरण व्यवस्थापन समितिको निर्णयअनुसार नगरपालिकालाई ६९ देखि ९० मेट्रिकटन र गाँउपालिकाका लागि ५५ दशमलव नौ मेट्रिकटनका दरले डिएपी मल वितरण गर्ने गरी कोटो निर्धारण गरिएको कृषि सामग्री कम्पनी महेन्द्रनगरका निमित्त प्रमुख सुन्दर केसीले बताएका थिए ।
कम्पनीलाई भैरहवा कार्यालबाट ६९८ दशमलव ४ मेट्रिक टन डिएपी मल प्राप्त हुनेछ । जसमध्ये हाल २५० मेट्रिकटन डिएपी प्राप्त भइ र वितरण सुरु भएको उनको भनाइ छ । हाल कम्पनीसँग १८९ दशमलव १५ मेट्रिकटन डिपिए, ९७४ दशमलव ४५ मेट्रिकटन युरिया र ७६ दशमलव ५ मेट्रिकटन पोटास छ । उहाँका अनुसार चालु आवमा तीन हजार ८८० मेट्रिकटन डिएपी र पाँच हजार ४५३ मेट्रिकटन युरिया विक्री तथा वितरण भइसकेको छ ।कम्पनीले युरिया प्रतिबोरा रु ९४०, डिएपी प्रतिबोर दुई हजार ३९४ र पोटास प्रतिबोरा एक हजार ७९४ का दरले सहकारीलाई बिक्री भइरहेको छ । जिल्लामा अनुदानको युरिया मल पर्याप्त भए पनि डिएपी मलको भने अभाव छ । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’


COMMENT
.