जुम्ला, २० जेठः तातोपानी गाउँपालिका–४ फुलचौल्यामा पर्यटकलाई सहजताका लागि सुविधा सम्पन्न धर्मधाला निर्माण गरिएको छ । गिडिदहलाई प्रवर्द्धधन गर्न धर्मशाला निर्माण गरिएको हो । तातोपानी–४ का वडाध्यक्ष अमरबहादुर रोकायाका अनुसार कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु १५ लाखको लागतमा धर्मशाला निर्माण गरिएको हो ।
धर्मशालासँगै खानेपानीको धारा र शौचालय पनि निर्माण गरिएको छ । गिडिदह समुद्री सतहदेखि तीन हजार ४८५ मिटरको उचाइमा रहेको छ । गिडिदहको लम्बाई एक हजार ५१० मिटर, चौडाई ६५० मिटर तथा गहिराई ४२ दशमलव ८ मिटर रहेको छ । डिभिजन वन कार्यालयको प्राविधिक सहयोगमा धर्मशाला निर्माण गरिएको हो । धर्मशाला निर्माणले गिडिदहको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको डिभिजन वन कार्यालयका वन अधिकृत भरत बुढ्थापाले बताएका थिए । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’


COMMENT
.