भद्रपुर (झापा), २० जेठ – यहाँस्थित कमल गाउँपालिका–३ रतुवामाई जङ्गलमा विद्युतप्रवाह चुहावट (करेन्ट)हुँदा जङ्गली हात्तीको मृत्यु भएको छ ।
डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकका अनुसार गए राति हात्तीले विद्युत् पोलमा धक्का दिँदा पोलमा जोडिएको विद्युत् तार खस्दा हात्तीको घटनास्थलै मृत्यु भएको हो । उनले करेन्टबाट हात्तीको सुँड र एउटा दाँत जलेका अवस्थामा भेटिएको जानकारी दिएका थिए। डिभिजन वन कार्यालयबाट प्राविधिक टोली खटिएको वन अधिकृत पाठकले बताएका थिए । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार


COMMENT
.