काठमाडौं– प्रहरी महानिरीक्षक (आईजीपी)दीपक थापाले कानूनको कार्यान्वयन, जनताको जीउधनको सुरक्षा र जनजीवनलाई सहज बनाउने कामलाई महत्त्व दिन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।
आइतबार बिहान भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा उपत्यकाका प्रहरी कार्यालय प्रमुखलाई निर्देशन दिँदै आईजीपी थापाले राजनीति व्यवस्था र संविधानविरोधी तत्व सल्बलाएको भन्दै यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिन निर्देशन दिएका हुन् ।
यही जेठ १५ गते राजावादीले गर्ने भनिएको प्रदर्शनका सन्दर्भमा उच्च सतर्कता अपनाउन उनले जोड दिएका हुन् ।आईजीपी थापाले प्रदर्शनका क्रममा हुने कुनै पनि अराजकतापूर्ण गतिविधि सह्य नहुने बताए ।
सोही सन्दर्भमा उनले प्रहरी अधिकृतले मातहतका कर्मचारीलाई कुटपिट गरेको घटनाले प्रहरी सङ्गठनलाई बदनाम गरेको बताए । गलत काम गर्ने कर्मचारीलाई सङ्गठनको विधिअनुसार कारबाही हुने आईजीपी थापाको भनाइ छ ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
गगन थापा भन्छन् : सडक बनेन भनेर कसैलाई रुखमा झुन्ड्याउँछु भन्दैमा देश बन्दैन
आयोगले भन्योः आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ पाइयो


COMMENT
.