काठमाडौं – क्रिकेटर मोहमद आदिल आलमको प्रतिबन्ध फुकुवा भएको छ । नेपाल क्रिकेट संघक्यानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरुमा सहभागिता जनाउन पाउने आइतबार २१ गतेदेखि आलमको प्रतिबन्ध फुकुवा गरेको हो ।
विंस २०७९ पुस ९ गतेदेखि २७ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुर, काठमाडौंमा क्यानले आयोजना गरेको नेपाल टी –२० क्रिकेट लिग प्रतियोगिता दौरान स्पट फिक्सिङको आरोप लागेको आलमलाई एन्टी करप्सन कोड बमोजिम कुनैपनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने गरी प्रतिबन्ध लगाइएको थियो ।
उक्त मुद्दामा उनलाई जिल्ला अदालत काठमाडौंले सफाइ दिइसकेको छ ।


COMMENT
.