दमौली (तनहुँ), १९ वैशाखः शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा बिहीबार आयोजित निःशुल्क मुटुरोग परीक्षण तथा उपचार शिविरबाट ७८० जना लाभान्वित भएका छन् । केन्द्रको आयोजना तथा सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा
निःशुल्क इसिजी सेवा, भिडियो एक्सरे सेवा, मधुमेह परीक्षण गरिएको थियो । हृदयरोग केन्द्रका ११ जनाको स्वास्थ्यकर्मी टोलीलाई जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका चिकित्सकले सघाएका थिए । जटिल समस्या भएका बिरामीलाई थप उपचारका निम्ति हृदय केन्द्रमा जान सुझाव दिइएको थियो । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
राजनीति
गगन थापा भन्छन् : सडक बनेन भनेर कसैलाई रुखमा झुन्ड्याउँछु भन्दैमा देश बन्दैन
१५ फागुन २०८२, शुक्रवार
समाचार
आयोगले भन्योः आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ पाइयो
१४ फागुन २०८२, बिहिवार


COMMENT
.