काठमाडौं – बुधबार साँझ आकाशमा चम्किला बस्तुहरु देखिएका थिए । एउटै लस्करमा दुई दर्जन भन्दा बढी चम्किला बस्तुहरु एक साथ आकाशमा देखिएपछि सामाजिक संजालहरुमा निकै जिज्ञासाहरु उब्जिएका छन् । धेरैले यो के हुन सक्छ भन्दै भिडियो समाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
त्यसरी देखिएका बस्तु अरु केही नभइ एलन मस्कको स्पेसएक्स कम्पनीद्वारा प्रक्षेपण गरिएको स्टारलिंक स्याटेलाइटहरू हुन्। यो एउटा इन्टरनेट सेवा परियोजना हो । स्याटेलाइटहरुले ग्रामीण तथा दूरदराजका ठाउँमा पनि उच्चगति इन्टरनेट सेवा पुर्याउन सहयोग गर्छन्।
जब नयाँ स्याटेलाइटहरूको प्रक्षेपण गरिन्छ, ती स्याटेलाइटहरू केही दिनसम्म एकै लहरमा देखिन्छन्। यिनै कारण आकाशमा सिधा लाइनजस्तै चम्किला बत्तिहरू बुधबार नेपाली आकाशमा पनि देखिएका हुन् ।


COMMENT
.