अर्घाखाँची, १७ वैशाख – पाणिनी गाउँपालिका–६ वडा कार्यालयले वाडका ४६ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराएको छ ।
वडाध्यक्ष कृष्णप्रसाद पौडेलका अनुसार उनीहरुलाई बागलुङ कालिका, म्याग्दीको तातोपानी कुण्ड र मुक्तिनाथको यात्रा गराइएको हो । यात्रामा ९० वर्षीया गोमा पौडेललगायत ज्येष्ठ नागरिक सहभागी थिए । वडाले आफूहरुका लागी तीर्थयात्राको व्यवस्था गरेकामा ७२ वर्षीय धाचाबहादुर रास्कोटीले आभार व्यक्त गरेका थिए । चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रमअन्तर्गत रु तीन लाख खर्चेर तीर्थयात्रा गराइएको हो । यात्रामा ४६ जना ज्येष्ठ नागरिक, जनप्रतिनिधि, कर्मचारी गरी ६५ जना सहभागी थिए । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार


COMMENT
.