बैतडी, १६ वैशाखः केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीबाट पुनः स्वास्थ्य बिमा सुरु गर्ने तयारी भएको छ । स्वास्थ्य बिमा ‘अनलाइन’ प्रणालीमा गएपछि गएको दुई वर्ष यतादेखि रोकिएको सेवा पुनः सञ्चालन गर्ने तयारी गरिएको स्वास्थ्य बिमा बोर्ड बैतडीका प्रमुख जमन बडालले बताउछन् ।
उनका अनुसार स्वास्थ्य बिमा सेवा सुरु गर्नका लागि आवश्यक सफ्टवेयर किन्ने तयारी भएको छ । सफ्टवेयर खरिदका लागि नगरपालिकाले रु पाँच लाख बजेट विनियोजन गरेको बडालले बताएका थिए । सफ्टवेयर खरिद गरेपछि केही दिनभित्र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रथम विन्दु मानेर सेवा दिइने बडालले बताउछन् ।
यसअघि त्यो क्षेत्रका नागरिकका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रथम विन्दु तोकिएको थियो । स्वास्थ्य बिमामा आबद्ध भएका नागरिकलाई प्रथम विन्दुबाट प्राप्त हुने सेवा सोही ठाउँमा उपलब्ध हुन्छ भने ‘रेफर’ गर्नुपर्नेलाई पनि सोही ठाउँबाट रेफर गर्नुपर्ने प्रावधान रहिआएको छ । बैतडीमा २९ हजार ८३ परिवारका ५२ हजार जना स्वास्थ्य बिमामा आबद्ध भएका बडालले बताएका थिए । स्वास्थ्य बिमामा आबद्ध भएका सदस्यले रु एक लाखसम्मको उपचार निःशुल्क रूपमा पाउने गरेका छन् । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’


COMMENT
.