भीमफेदी, ११ वैशाखः बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपाली जनताको लामो सङ्घर्ष, बलिदान र त्यागबाट प्राप्त लोकतन्त्र गौरवको धरोहर हो भनेका छन् । साथै उनले लोकतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए ।
लोकतन्त्र दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले लोकतान्त्रिक मूल्यको संरक्षण र समृद्ध राष्ट्र निर्माणमा सबैलाई एकजुट हुन आग्रह गरेका छन् । प्रदेश प्रमुख देवकोटाले लोकतन्त्र स्थापनामा जीवनको आहुति दिने महान् सहिदहरूप्रति उच्च सम्मान व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।
सन्देशमा उनले आम जनतालाई आफ्ना विचारभन्दा माथि उठेर राष्ट्रहित र जनकल्याणमा योगदान दिन लोकतन्त्र दिवसले सम्पूर्ण राजनीतिक दल, नागरिक समाजलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
राजनीति
गगन थापा भन्छन् : सडक बनेन भनेर कसैलाई रुखमा झुन्ड्याउँछु भन्दैमा देश बन्दैन
१५ फागुन २०८२, शुक्रवार
समाचार
आयोगले भन्योः आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ पाइयो
१४ फागुन २०८२, बिहिवार


COMMENT
.