काठमाडौं – यू–१९ महिला विश्वकपमा नेपालले ऐतिहासिक जित निकालेको छ । आज भएको खेलमा पहिलो पटक पाकिस्तानलाई हराउँदै नेपालले ऐतिहासिक जित निकालेको हो । नेपालको जितमा पूजा महत्तोले अलराउण्ड प्रदर्शन गरिन् ।
मलेसियामा भएको एसीसी महिला यू–१९ एसिया कपमा नेपाल पाकिस्तानलाई ६ विकेटले हराएको हो । पाकिस्तानले २० ओभर खेल्दै ५ विकेट क्षतिमा १०४ रन बनाएपछि नेपालले १०५ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य नेपाल १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
नेपालका लागि साना प्रवीनले १०, सावित्री धामीले ८, पूजा महतोले ४७, सोनी पाख्रिनले १३ रन बनाइन्। ज्योत्स्निका मरासिनी शून्य रनमा आउट हुँदा सिमानाले १२ रन जोडिन्।
बलिङतर्फ पाकिस्तानकी फातिमा खान र महनुर जेबले समान १ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि कोमल खानले ३८, फिज्जा फियाज शुन्य रनमा पेभेलियन फर्किएकी थिइन् । त्यस्तै रवाइल फरहान १३, अरिशा अन्सारी १, महाम अनीस २९, जुफिशान आयाज १२ र फातिमा खानले ६ रन बनाएका थिए।
बलिङतर्फ नेपालले पाकिस्तानको ५ विकेट झारेको थियो। नेपालका लागि पूजा महतोले २, रचना चौधरी, रिया शर्मा र सिमाना केसीले समान १ विकेट लिँदा अनु कडायत र कृश्मा गुरुङले विकेट झार्न सकेनन्।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी


COMMENT
.