सुर्खेत –सुर्खेत विमानस्थलको रनवे (धावनमार्ग)मा कुकुर दौडिएपछि काठमाडौंबाट गएको एउटा जहाजलाई आपत् आइलागेको छ । काठमाडौंबाट सोमबार मध्यान्ह उडेको श्री एयरको कलसाइन ९एन१२२ को जहाज सुर्खेत विमानस्थलमा अवरण गर्ने बेला रनवेमा कुकुर दौडिएको थियो ।
सोमबार दिउँसो सवा १ बजे अवरतणका लागि तम्तयार भएर एयरपोर्ट क्षेत्रमा जहाज पसिसकेको अवस्थामा रनवेमा कुकुर दौडिन थालेको थियो ।
रनवेमा कुकुर दौडिएपछि अवतरण गर्न लागेको श्री एयरको जहाजले ओभरसुट गरेर सम्भावित दुर्घटना टार्न सफल भएको छ । उक्त जहाजले छिन्चुको आकाशमा तीन फन्का लगाएपछि अहिले सुर्खेत विमानस्थलमै अवतरण गरेको छ।
ओभरसुट गरेर सम्भावित संकट टारेको जहाज सकुशल अवतरण भएपछि यात्रुले राहतको श्वास फेरेका छन् । अहिले उक्त जहाज सुर्खेतबाट काठमाडौंका लागि उडिसकेको छ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार
समाचार
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
२२ चैत २०८२, आइतवार
समाचार
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी
१८ चैत २०८२, बुधवार


COMMENT
.