काठमाडौं – सिंहदरबारमा सांकेतिक प्रदर्शन गर्दा पक्राउ परेका राप्रपाका तीन नेतालाई जिल्ला प्रहरी परिसर काठमाडौँमा लगिएको छ । आइतबार सिंहदबारभित्र प्रदर्शन गरेको आरोपमा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही पक्राउ परेका हुन् ।
उनीहरूले वर्तमान व्यवस्थाविरुद्ध विभिन्न नारा अंकित पम्प्लेट देखाउँदै सिंहदरबारमा प्रदर्शन गरेका थिए भने सुरुमा प्रहरीले सो पम्प्लेट प्रहरीले खोसेको थियो ।
पक्राउपरेपछि संवाददाताहरुलाई प्रतिक्रिया दिँदै लिङ्देनले निरंकुश सरकारले यस्तै गर्ने भन्दै आफूले अच्चम नमानेको बताए। उनले भने, ‘निरंकुश सरकारले गर्ने यही काम हो। यसमा हामीले अचम्म मान्नुपर्ने कुरै छैन। हामीले यसलाई अच्चमा मानेका छैनौं।’


COMMENT
.