काठमाडौं – कवाडी सङ्कलन गर्ने मजदुरलाई अमर्यादित व्यवहार गर्दै साइकल खोस्ने नगर प्रहरी कारबाहीमा परेका छन् ।
बालुवाटार क्षेत्रमा कवाडी सङ्कलन गर्न हिँडेका एक मजदुरको साइकल नै खोसेर अमर्यादित ढङ्गले व्यवहार गरेको भन्दै नगर प्रहरीलाई कारबाही गरेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिएका हुन् ।
पाण्डेका अनुसार, स्थानीयको गुनासोपछि हिजो नगर प्रहरी सो क्षेत्रमा खटिएको थियो । बिहानैदेखि कवाडी संकलनकर्ताले हल्ला गरेर हिँड्ने गरेको भन्दै स्थानीयले लिखित र मौखिक उजुरी दिएपछि त्यहाँ कवाडी सङ्कलकलाई नियन्त्रणमा लिन नगर प्रहरी खटाइएको थियो ।
सोही क्रममा अमर्यादित शैलीमा नियन्त्रण गरेको पाइएपछि नगर प्रहरी ऐन २०८० बमोजिम आवश्यक कारबाहीका लागि महानगर प्रहरी बलको कार्यालयमा तानिएको छ । साथै ती मजदुरको साइकल फिर्तासमेत गराइएको छ ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार


COMMENT
.