काठमाडौं – चारदेशीय टी–२० क्रिकेट सिरिजको उपाधिका लागि कुवेतविरुद्ध खेलिरहेको नेपालले खराब लय कायमै राखेको छ। नेपालले छठौं विकेट पनि गुमाएको छ । छठौं विकेटको रुपमा सोम्पाल कामी रन आउट भएको हुन् । सोम्पालले सात बलमा चार रन मात्र बनाउन सके । यसअघि नेपालले पाँचौँ विकेटको रुपमा कप्तान रोहितकुमार पौडेललाई गुमायो।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कुवेतले १७५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङ थालेको नेपालले १० ओभर सकिँदा ६ विकेट गुमाएको हो। नेपालका लागि ओपनर कुशल भुर्तेल ७ बल खेल्दा ३ रनमै आउट भए। आसिफ शेखले ११ बलमा २१ रन जोडे। कुशल मल्ल पहिलो बलमै आउट भए। दीपेन्द्र सिंह ऐरीले पनि रनको खाता नै खोल्न सकेनन्।
अहिले सोमपाल कामी र बसिर अहमद क्रिजमा छन्। लिग चरणमा नेपालले कुवेतलाई ६ विकेकटले पराजित गरेको थियो।


COMMENT
.