२९ चैत, काठमाडौं – दुर्गा प्रसाईं र उनका बडिगार्ड दीपक खड्कालाई काठमाडौं ल्याउन विमान चढाइएको छ । झापाको चन्द्रगढी विमानस्थलबाट उनीहरुलाई काठमाडौैं ल्याउन लागिएको हो । काठमाडौं आउनका लागि उनीहरु दुबै जना प्लेन चढिसकेको र अबको केहीबेरमा काठमाडौं आइपुग्ने प्रहरी स्रोतले बताएका थिए।उनीहरुलाई बुद्ध एअरको फ्लाइटमार्फत काठमाडौं ल्याइँदैछ ।
प्रसाईं विहीबार भारतको आसाम राज्यमा फेला परेका थिए । उनलाई ल्याउन नेपाल प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो ।१५ चैतमा तीनकुनेमा भएको राजावादी आन्दोलनका उनी मुख्य कमाण्डर हुन् । उनकै नेतृत्वमा भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो । सो घटनापछि प्रसाईं भागेर भारत पुगेका थिए । उनी यसअघि हतियारसहित सर्वोच्च अदालत परिसर छिर्न खोजेको आरोपमा पक्राउ परेका थिए ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’


COMMENT
.