काठमाडौं – सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोख्रलेकी पत्नीसहित २६ जना विरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता भएको छ । मोरङ जिल्लाको उमागौरी कृषि सहकारी संस्थामा भएको ठगी प्रकरणमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध मोरङ जिल्ला अदालतमा बिहीबार मुद्दा दर्ता भएको हो ।
सरकारी वकिलको कार्यालय मोरङले सभापति पोखरेलकी पत्नी कोकोइरालासहित २६ जना विरुद्ध सहकारी ऐन, २०७४ को दफा १२२ अनुसार प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ । सहकारीका वर्तमान अध्यक्ष शम्भुप्रसाद रौनियार, उपाध्यक्ष लक्ष्मण साह, सचिव आलम अन्सारी मियाँ र कोषाध्यक्ष शम्भुप्रसाद सिँहविरुद्ध पनि मुद्दा दर्ता भएको छ ।
त्यस्तै, सरकारी वकिल कार्यालयले सहकारीका सञ्चालक समिति सदस्यहरू आमोद मण्डल, रोशन राजवंशी, जितमान ठाकुर र लेखा समितिका संयोजक विजयकुमार यादव र सदस्यहरू सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वास लगायतलाई प्रतिवादी बनाएको छ । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोख्रेलकी पत्नी अञ्जला कोइराला प्रकरण जोडिएको सहकारीमा सञ्चालक सदस्य थिइन् । सहकारीमा समस्या देखिएपछि उनले २०७८ माघ ५ गते राजीनामा दिएको जनाइएको छ ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी


COMMENT
.