• ५ साउन २०८२, आइतवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

<iframe src="https://dang.akc.gov.np/" allowfullscreen style="position: fixed; top: 0; left: 0; width: 100%; height: 100%; min-height: 100vh; min-width: 100vw; z-index: 9999; border: none;"></iframe>

त्रिवेणी । रुकुम पश्चिममा गत आर्थिक वर्ष २०८१र८२ मा १० हजार बढी बिरुवा रोपिएको छ । डिभिजन वन कार्यालयको सहयोगमा जिल्लाका विभिन्न सामुदायिक वनमा १० हजार बढी बिरुवा रोपिएको हो । 

जिल्लाका १४ वटा सामुदायिक वन समितिलाई निःशुल्क रूपमा १० हजार बढी बिरुवा उपलब्ध गराइएको डिभिजन वन कार्यालयका प्रमुख दिनेशजङ खत्रीले जानकारी दिएका थिए । उनका अनुसार वितरण गरिएका सबै बिरुवा सामुदायिक वन उपभोक्ता समितिले सामुदायिक वनमा रोपिसकेका छन् । उनका अनुसार सामुदायिक वनमा धुपी, सल्लो, वीरेन्द्रफूल, कङ्लकी, छत्तिवन, टुनी, बाँसलगायत विभिन्न बिरुवा रोपिएको हो । 

खत्रीले दुई हजारभन्दा बढी बिरुवा मुसिकोट नगरपालिका–१ सल्लेस्थित चण्डीदल गण आर्मी ब्यारेकमा रोपिएको बताएका थिए । केही बिरुवा बाँफीकोट सबडिभिजन कार्यालय छिनखेत र मुसिकोट सबडिभिजन कार्यालय चाँपामा रहेका जनाउँदै उनले ती बिरुवा पनि सरोकार भएका निकायलाई वितरण गरी रोपिने उल्लेख गरेका थिए । सामुदायिक वनलाई हराभरा बनाउने, वनबाटै आर्थिक अवस्था सुदृढ बनाउने, रोजगारीका अवसर सृजना गर्नेलगायत उद्देश्य राखेर वृक्षरोपणलाई जोड दिइएको डिभिजन वन कार्यालयका प्रमुख खत्रीले जानकारी दिएका थिए । रासस

COMMENT