काठमाडौं,। शुक्रबारदेखि जारी सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली इतिहासकै सबैभन्दा संकटपूर्ण अवस्थामा पुगेको देखिएको छ।
भक्तपुरको गुन्डुमा जारी बैठमा आफूनिकट महासचिव शंकर पोखरेल, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ र विष्णुप्रसा पौडेलसहितले मार्गप्रशस्त गर्न भनेपछि ओली गम्भीर संकटमा परेका हुन् ।
यद्यपि ओलीले आफू कुनै हालतमा नेतृत्व छाड्न तयार नभएको बताइरहेका छन् । ओलीको पक्षमा उपाध्यक्ष रामबहादुर थापा बादल र सचिव महेश बस्नेतहरू मात्रै देखिएका छन् । बहुमत सदस्यले नेतृत्वबाट अब ओलीले बिदा हुनुपर्ने माग गरेका छन् ।
यसबीचमा एमालेको सचिवालय बैठकमा आफ्ना २४ बुँदे धारणा राख्दै सचिव बस्नेतले मात्रै खुलेर ओलीको बचाउ गरेका छन् । उनले बैठकमा ओलीको बचाउमा उत्रिँदै संकटको बेला नेतृत्वको रक्षा गरेर अघि बढ्नुपर्ने बताए ।
उनले आफ्ना २४ मध्ये २ बुँदालाई सञ्चारमाध्यमले तोडमोड गरेको भन्दै बस्नेतले आलोचनागरेका छन् ।
उनले अध्यक्ष ओलीलाई प्रधानमन्त्री वालेन्द्र शाहले गत चैत १३ गते शपथ लिएपछि गृहमन्त्री सुदन गुरुङ लगाएर चैत १४ गते रातारात पक्राउ गरेको पनि दाबी गरेका छन् ।
‘अध्यक्ष केपी शर्मा ओलीलाई बालेन र सुधनले सपथ खाएको २४ घण्टा नबित्दै गिरफ्तार गरियो। कुनै आरोप पुष्टि गर्न नसकेपछि अदालतले १३ दिनपछि रिहा गर्यो’, उनले भनेका छन्, ‘स्वभाविक रुपमा उहाँ कष्टडीबाट घर फर्किन चाहनुहुन्थ्यो, तर त्यतिबेला डाक्टरको सल्लाह मुताविक उहाँलाई दुईवटा अपरेशन ९पत्थरी र हर्नियाको ० गर्न शिक्षण अस्पताल भर्ना गरियो।’
उनले अपरेशनपछि पनि अध्यक्ष ओली निमोनिया र इन्फेक्सनसँग जुधिरहेको संवेदनशील स्वास्थ्य अवस्थामा बस्न बाध्य भएको बताए । ‘यस्तो बेला पार्टीले नेतृत्वको रक्षा गर्दै सशक्त प्रतिरोधी आन्दोलन गर्नुपर्ने अवस्थामा अध्यक्ष फेर्ने कुरा उठाउनु गैरजिम्मेवार र अपराधिक मानसिकता हो भन्ने मेरो स्पष्ट धारणा हो’, उनले भनेका छन् ।
त्यही बेला कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले व्यक्त गरेको साम्राज्यवादी शक्ति र अल्गोरिदममार्फत् युवाहरूलाई गलत ढंगले परिचालन गरिएको पनि उनले बताए । ‘राज्यको संयन्त्र सेना , प्रहरी लगायतको दुरुपयोग गरी निर्वाचन परिणाम निकालिएको भन्ने विषयमा राख्नु भएको धारणा सच्याउने निर्णय गर्नु गल्ती भएको छ’, बादलको पक्षमा उभिँदै उनले भनेका छन् ।
साम्राज्यवादी शक्ति र एल्गोरिदममार्फत् युवाहरूलाई गलत ढंगले परिचालन र राज्यको संयन्त्र सेना प्रहरी लगायतको दुरूपयोग गरी निर्वाचन परिचालित गरिएको भन्ने विषयमा कुनै शंका नरहेको उनको तर्क छ।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्